इनड्राइभको फाइनान्सियल लिटरेसी कोर्समा २५०० भन्दा बढी ड्राइभर पार्टनर सहभागी
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘योर फाइनान्सेसः गाइड टु मनी कन्फिडेन्स’ नामक फाइनान्सियल लिटरेसी कोर्स २,५०० भन्दा बढी ड्राइभर पार्टनरले सफलतापूर्वक पूरा गरेका छन् ।
ड्राइभर पार्टनरलाई आफ्नो आम्दानी र खर्च व्यवस्थापन गर्न, बजेट बनाउन, बचत गर्ने बानी विकास गर्न तथा आर्थिक निर्णय लिन सहयोग गर्ने उद्देश्यले यो कोर्स सञ्चालन गरिएको हो ।
इनड्राइभ एपको ड्राइभर मोड > ड्राइभर एकेडेमी मार्फत उपलब्ध यो कोर्स ड्राइभर पार्टनरको दैनिक आर्थिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको छ । विशेषगरी दैनिक रूपमा आम्दानीमा उतारचढाव हुन सक्ने ड्राइभर पार्टनरले आफ्नो आम्दानी र खर्चलाई व्यवस्थित रूपमा बुझ्न, योजना बनाउन तथा आर्थिक निर्णय लिन सकून् भन्ने उद्देश्यले कोर्समा सरल र व्यावहारिक जानकारी समेटिएको छ ।
कोर्समा आम्दानी तथा खर्च व्यवस्थापन, आर्थिक लक्ष्य निर्धारण, बचत तथा आकस्मिक कोष, जिम्मेवार रूपमा ऋण लिने तरिका र इनड्राइभमार्फत थप आम्दानीका अवसर लगायतका विषय समेटिएका छन् । प्रत्येक मोड्युलमा सिकेका विषयलाई आफ्नो वास्तविक आर्थिक अवस्थासँग जोडेर प्रयोग गर्न सक्ने गरी व्यावहारिक अभ्यास तथा क्याल्कुलेटरसमेत उपलब्ध गराइएको छ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, “ड्राइभर पार्टनरहरूले दैनिक रूपमा विभिन्न आर्थिक जिम्मेवारी व्यवस्थापन गरिरहेका हुन्छन् र उनीहरूको आम्दानी पनि काम गर्ने समय तथा दैनिक परिस्थितिअनुसार फरक हुन सक्छ । त्यसैले फाइनान्सियल लिटरेसीसम्बन्धी ज्ञानलाई सरल, व्यावहारिक र सहज रूपमा उपलब्ध गराउनु महत्वपूर्ण छ । ‘योर फाइनान्सेसः गाइड टु मनी कन्फिडेन्स’ मार्फत ड्राइभर पार्टनरलाई बजेट व्यवस्थापन, बचतको योजना, ऋणसम्बन्धी निर्णय तथा आम्दानी व्यवस्थापनमा सहयोग पुग्ने उपयोगी जानकारी र उपकरण उपलब्ध गराउन चाहेका छौँ ।”
कोर्स पूरा गरेका ड्राइभर पार्टनरहरूले पनि यसको सरल र व्यावहारिक शैली उपयोगी रहेको बताएका छन् ।
कोर्स पूरा गरेका एक ड्राइभर पार्टनरले भने, “यस कोर्सबाट बचत, बजेट र पैसाको व्यवस्थापनबारे व्यावहारिक ज्ञान पाएँ। कोर्स सरल र बुझ्न सजिलो थियो । कोर्स पूरा गरेपछि मैले दैनिक खर्चको हिसाब राख्ने, बजेट बनाउने र नियमित रूपमा बचत गर्ने बानी विकास गर्न थालेको छु ।”
फाइनान्सियल लिटरेसी कोर्सका चार मुख्य मोड्युल
मोड्युल १ः बजेट व्यवस्थापन
यस मोड्युलमा आम्दानी र खर्चको अवस्था बुझ्ने, दैनिक तथा मासिक खर्चलाई योजनाबद्ध रूपमा व्यवस्थापन गर्ने र आम्दानीअनुसार खर्चलाई व्यवस्थित गर्ने विषय समेटिएको छ ।
मोड्युल २ः आर्थिक लक्ष्य हासिल गर्ने
यसमा आर्थिक लक्ष्य निर्धारण गर्ने, आकस्मिक अवस्थाका लागि रकम छुट्याउने, नियमित बचत गर्ने बानी विकास गर्ने तथा ठूला खरिदका लागि आर्थिक रूपमा तयारी गर्ने विषय समेटिएका छन् ।
मोड्युल ३ः सुरक्षित रूपमा ऋण लिने
यस मोड्युलले जिम्मेवार रूपमा ऋण लिने तरिका, राम्रो र खराब ऋणबीचको फरक तथा ऋण लिनुअघि त्यसबाट सिर्जना हुने आर्थिक दायित्व व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन भनेर मूल्यांकन गर्ने विषयमा जानकारी दिन्छ ।
मोड्युल ४ः इनड्राइभमार्फत थप आम्दानी
यसमा इनड्राइभ एपमार्फत उपलब्ध आम्दानीका अवसरलाई प्रभावकारी रूपमा उपयोग गर्ने तथा प्लेटफर्ममार्फत आफ्नो आम्दानी बढाउन सकिने उपायबारे व्यावहारिक जानकारी दिइएको छ ।
कोर्समार्फत ड्राइभर पार्टनरले आफ्नो बजेट व्यवस्थापन गर्ने, आम्दानी र खर्चको योजना बनाउने, आर्थिक लक्ष्य निर्धारण गर्ने, नियमित बचत गर्ने तथा ऋण लिनुअघि आफ्नो आर्थिक क्षमताको मूल्यांकन गर्ने विषयमा आधारभूत व्यावहारिक ज्ञान हासिल गर्न सक्छन् ।
ड्राइभर पार्टनरको दैनिक आवश्यकता र दीर्घकालीन आर्थिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यो पहलले उनीहरूलाई राइड सेवासँग सम्बन्धित सीपका अतिरिक्त दैनिक जीवनमा उपयोगी फाइनान्सियल लिटरेसी र सिकाइको अवसर उपलब्ध गराउने इनड्राइभको प्रयासलाई निरन्तरता दिएको छ ।















