हनुमन्ते उर्लिने जोखिमपछि लोकन्थलीका १६ परिवारलाई सुरक्षित स्थानमा सारियो
काठमाडौँ। हनुमन्ते खोलामा पानीको बहाव बढेपछि भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीस्थित सिर्जना टोलका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलाले जन सतह पार गरेपछि लोकन्थलीस्थित सिर्जना टोलबाट १६ परिवारकाे उद्धार गरिएको हाे । यद्यपी हालसम्म भने खोला बस्तीभित्र प्रवेश गरेको भने छैन।
लगातारको वर्षाका कारण हनुमन्तेमा पानीको चाप बढेपछि प्रहरीले नदी आसपासका बस्तीमा निगरानी बढाएको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नुका साथै सम्भावित विपद्बारे सचेत गराउन प्रहरीले माइकिङसमेत गरिरहेको जनाएको छ।
बिहीबारदेखि जारी वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ भने प्रमुख राजमार्ग तथा खडकहरू अवरूद्ध बनेका छन् ।















