पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। प्रहरीले गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै उनलाई पक्राउ गरेको हो ।
उनी विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइए पनि उजुरीको विवरण खुलेको छैन ।
उनी २०७५ पुस १८ देखी प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए ।

















