१२ आश्विन २०८३, सोमबार

ताम्राकार मोबाइल संघको अध्यक्षमा अनिल ढकाल



काठमाडौं। काठमाडौंको न्युरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सका मोबाइल व्यवसायीहरूको संस्था ताम्राकार मोबाइल संघको अध्यक्षमा अनिल ढकाल निर्वाचित भएका छन्। संघको आगामी दुई वर्षको कार्यकालका लागि ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि संघको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका ढकाललाई व्यवसायीहरूको भेलाले नयाँ नेतृत्वका रूपमा अघि सारेको हो। ताम्राकार मोबाइल कम्प्लेक्समा आयोजित भेलाबाट संघको नयाँ १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भुवनरत्न तुलाधर, उपाध्यक्षमा निर्जसजङ्ग कार्की, सचिवमा रमण पराजुली, सह–सचिवमा विश्वराज विष्ट तथा कोषाध्यक्षमा मोती कोइराला चयन भएका छन्।

कार्यसमिति सदस्यमा अली आलम मियाँ, योगेश (रविन) डाँगी, बलराम कार्की, रञ्जित पुर्वछाने, कल्पना तिवारी, सुनिता कार्की र सुरज शाक्य रहेका छन्।

संघका संस्थापक अध्यक्ष जगत साउदलाई प्रमुख सल्लाहकारको जिम्मेवारी दिइएको छ। संघमा ताम्राकार मोबाइल कम्प्लेक्सका ८५ भन्दा बढी व्यवसायी आबद्ध रहेका जनाइएको छ।