१ कार्तिक २०८३, आइतबार

ओरालो यात्रामा सुनको मूल्य : दुई दिनमा प्रतितोला ८ हजार ८ सयको गिरावट



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो।योसँगै ओरालो यात्रामा रहेको सुनको मूल्यमा पछिल्लो दुई दिनमा कुल ८ हजार ८ सय रुपैयाँको गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। सोमबार भने प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। सोमबार सुनको मूल्य ५ हजार रुपैयाँले घटेको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला चाँदी ११५ रुपैयाँले सस्तिएर ४ हजार ३९५ रुपैयाँमा कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ थियो। यसअघि सोमबार पनि चाँदीको भाउ १४५ रुपैयाँले घटेको थियो।