नेप्से परिसूचक ९.६२ अंकले घट्याे, कारोबार रकम ४ अर्ब ६५ करोडमा सीमित
काठमाडाैं। साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ। आज सेयर बजार मापक नेप्से परिसूचक ९.६२ अंकले घटेर २६ सय ३ दशमलव ७१ बिन्दुमा रोकिएको छ।
यसदिनको कारोबारमा निर्जिवन बीमा र अन्य बाहेक सबै समुहका उपसूचक राताम्य बनेका छन्। आज व्यापार समुहको उपसूचक सर्वाधिक १.८७ प्रतिशत घटेको छ।
आज १९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६९ वटाको मात्रै बढेको छ। यस्तै १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
नेप्से परिसूचकसँगै यसदिन कारोबार पनि घटेको छ। आज ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार ०७४ कित्ता सेयर ४ अर्ब ६५ करोड ४८ लाख ८० हजार रुपैयाँमा कारोबार भएको छ।
हिजो ३५७ कम्पनीको १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।














