१४ आश्विन २०८३, बुधबार

सेयरधनीलाई मख्ख बनाउन सफल एभरेष्ट बैंक, यस्ताे छ पछिल्ला पाँच वर्षकाे लाभांस वितरण



काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा लामो समयदेखि लगानीकर्ताको रोजाइमा पर्दै आएको एभरेष्ट बैंक लिमिटेड फेरि एकपटक आफ्ना सेयरधनीहरूलाई मख्ख बनाउन सफल भएको छ।

बैंकले आफ्नो बलियो वित्तीय आधार र उच्च मुनाफाको परिधिभित्र रहेर हरेक वर्ष आकर्षक प्रतिफल वितरण गर्दै आएको छ, जसले गर्दा बजारमा यस बैंकका सेयरधनीहरू सधैं उत्साहित हुने गरेका छन्।

एभरेष्ट बैंकको लगानीकर्तामैत्री नीतिकै कारण यसलाई लाभांश वितरणमा अब्बल र भरपर्दो वाणिज्य बैंकका रूपमा हेर्ने गरिन्छ।

बुधबार एभरेस्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि सेयरधनीहरूका लागि ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यस्ताे छ पछिल्ला पाँच वर्षकाे लाभांस वितरण

गत वर्षहरूमा पनि उत्कृष्ट प्रतिफल दिँदै आएको एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरूलाई लगातार आकर्षक लाभांश प्रदान गर्दै आएको छ।बैंकको विगत पाँच आर्थिक वर्षको लाभांश विवरणलाई केलाउँदा, आर्थिक वर्ष २०७८/०७९ मा बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गरेको पाइएको छ।

त्यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश गरी कुल २०.५३ प्रतिशत प्रतिफल दिएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १५.५३ प्रतिशत लाभांश प्रदान गरेको थियो।

यसैक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८१/०८२ मा बैंकले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (करसमेत) प्रदान गरेर कुल २० प्रतिशत लाभांश दिएको थियो भने हालै सम्पन्न ३२औँ साधारणसभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसमेत) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

नगद र बोनस सेयरको यो संतुलित मिश्रणले एभरेष्ट बैंकका लगानीकर्तालाई नियमित र आकर्षक प्रतिफल दिलाउँदै आएको छ, जसले सेयर बजारमा बैंकप्रतिको विश्वास अझ बलियो बनाएको छ।

एभरेष्ट बैंकद्धारा पछिल्ला ५ वर्षमा गरिएको लाभांस वितरण :