१४ आश्विन २०८३, बुधबार

ग्लोबल आइएमई क्यापिटलकाे १९ औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडाैं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बुधवार काठमाडाैंमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२ / ०८३ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष दिपचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको कार्यक्रम सञ्चालन कम्पनी सचिव छविलाल शर्मा पौडेलले गरेका थिए ।

साधारणसभामा बोल्दै अध्यक्ष रेग्मीले मुलुकमा आर्थिक गतिवधिहरु सुस्त रहेको भएतापनि कम्पनीले प्रतिफल वितरण गर्न सफल भएको भन्दै कम्पनीको प्रगतिमा सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गरे । साधारणभाले आर्थिक वर्ष २०८२ / ०८२ को लेखापरिक्षण प्रतिवेदन र कम्पनीको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी रुपमा रहेको यस क्यापिटल नेपालको पहिलो मर्चेन्ट बैंकिङ्ग कम्पनी पनि हो ।