इन्फिनिक्स हट ७० प्रो नेपाली बजारमा सार्वजनिक, शून्य प्रतिशत इएमआईमा मासिक २६५० देखि पाइने
काठमाडौं। इन्फिनिक्सले आफ्नो लोकप्रिय हट सिरिजअन्तर्गत नयाँ हट ७० प्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ हट ७० प्रो मा दमदार परफर्मेन्स, स्मुथ डिस्प्ले, ५जी कनेक्टिभिटी, उत्कृष्ट क्यामेरा र लामो समय टिक्ने ब्याट्री जस्ता विशेषता छन्। साथै, इन्फिनिक्स हट ७० प्रो ले फ्री फायरसँग सहकार्य गर्दै गेमिङप्रेमीहरूका लागि थप आकर्षक अनुभव ल्याएको छ।
मिडियाटेक डिमेन्सिटी ७१०० ५जी प्रोसेसर रहेको हट ७० प्रो मा ६.७६ इन्च एफएचडी+ डिस्प्ले, १४४हर्ज रिफ्रेस रेट, ५०एमपी सोनी आइएमएक्स८८२ मुख्य क्यामेरा र ४५वाट फास्ट चार्जिङसहितको ६,०००एमएएच ब्याट्री रहेको छ। यो फोन ८जिबी + १२८जिबी र ८जिबी + २५६जिबी गरी दुई भेरियन्टमा उपलब्ध छ।
फोन खरिदलाई अझ सहज बनाउन इन्फिनिक्सले १२ महिनाको ०% इएमआई सुविधा पनि ल्याएको छ। ग्राहकले हट ७० प्रो मासिक रु. २,६५० देखि किस्तामा खरिद गर्न सक्नेछन्।
हट ७० प्रो ८जिबी + १२८जिबी भेरियन्टको कुल मूल्य रु. ५२,९९९ निर्धारण गरिएको छ। यो भेरियन्ट खरिद गर्दा ग्राहकले रु. २१,२०० डाउन पेमेन्ट गर्नुपर्नेछ भने बाँकी रु. ३१,७९९ रकमलाई १२ महिनाको अवधिमा प्रतिमहिना रु. २,६५० को किस्तामा भुक्तानी गर्न सकिनेछ।
त्यसैगरी, ८जिबी + २५६जिबी भेरियन्टको मूल्य रु. ५६,९९९ रहेको छ। यस भेरियन्टका लागि रु. २२,८०० डाउन पेमेन्ट गरेपछि बाँकी रहने रु. ३४,१९९ रकम १२ महिनाको अवधिमा मासिक रु. २,८५० का दरले बुझाउन सकिने सुविधा रहेको छ।
हट ७० प्रो मा ६.७६ इन्च एफएचडी+ आइपीएस एलसिडी डिस्प्ले रहेको छ। १०८० × २३४४ पिक्सेल रिजोल्युसन र १४४हर्ज रिफ्रेस रेटले भिडियो हेर्दा, गेम खेल्दा, सामाजिक सञ्जाल चलाउँदा तथा दैनिक प्रयोगमा स्मुथ र राम्रो भिजुअल अनुभव दिन्छ।
हट ७० प्रो मा ६एनएम प्रोसेसमा निर्मित मिडियाटेक डिमेन्सिटी ७१०० चिपसेट प्रयोग गरिएको छ। ८जिबी र्याम र अधिकतम २५६जिबी युएफएस २.२ स्टोरेजसँगै यस स्मार्टफोनले दैनिक काम, मल्टिटास्किङ तथा इन्टरटेनमेन्टका लागि छरितो र रेस्पोन्सिभ परफर्मेन्स प्रदान गर्ने लक्ष्य राखेको छ। साथै, यसमा ५जी कनेक्टिभिटीको सपोर्ट पनि उपलब्ध छ।
हट ७० प्रो मा ५०एमपी सोनी आइएमएक्स८८२ मुख्य क्यामेरा रहेको छ, जसबाट स्पष्ट र डिटेल फोटो तथा भिडियो खिच्न सकिन्छ। सेल्फी तथा भिडियो कलका लागि ८एमपी फ्रन्ट क्यामेरा दिइएको छ।
फोनमा ६,०००एमएएचको ठूलो ब्याट्री रहेको छ। ४५वाट फास्ट चार्जिङ, बाइपास चार्जिङ र १०वाट रिभर्स वायर्ड चार्जिङले फोनलाई अझ सुविधाजनक बनाउँछ।
हट ७० प्रो एन्ड्रोइड १६ मा आधारित एक्सओएस १६ मा चल्छ। साथै, फोनले तीनवटासम्म प्रमुख एन्ड्रोइड ओएस अपग्रेड पनि सपोर्ट गर्छ।
करिब ७.९एमएम पातलो बडी भएको हट ७० प्रो मा आइपी६८ डस्ट एन्ड वाटर रेसिस्टन्स र एमआईएल-एसटीडी ड्युर्याबिलिटी सर्टिफिकेसन रहेको छ, जसले दैनिक प्रयोगमा थप सुरक्षा प्रदान गर्छ।
हट ७० प्रो को लन्चसँगै इन्फिनिक्सले फ्री फायरसँग सहकार्य गरेको छ। गेमिङलाई ध्यानमा राखेर डिजाइन गरिएको अनुभवमा १४४हर्ज डिस्प्ले, ५जी कनेक्टिभिटी, मिडियाटेक डिमेन्सिटी ७१०० प्रोसेसर र ६,०००एमएएच ब्याट्रीले गेमिङ तथा मनोरञ्जनलाई थप रमाइलो बनाउनेछ। यस सहकार्यले इन्फिनिक्सलाई युवा पुस्ता तथा गेमिङप्रेमीहरूसँग अझ नजिक जोड्दै हट ७० प्रो को अनुभवलाई थप आकर्षक बनाउने उद्देश्य राखेको छ।
हट ७० प्रो लाई सहज रूपमा खरिद गर्न सकियोस् भन्ने उद्देश्यले इन्फिनिक्सले चयनित मोडलमा १२ महिनाको ०% इएमआई सुविधा ल्याएको छ। ८जिबी + १२८जिबी भेरियन्टका लागि रु. २१,२०० डाउन पेमेन्ट गरेपछि बाँकी रकम मासिक रु. २,६५० का दरले भुक्तानी गर्न सकिन्छ। त्यस्तै, ८जिबी + २५६जिबी भेरियन्टका लागि रु. २२,८०० डाउन पेमेन्ट गरेपछि बाँकी रकम मासिक रु. २,८५० का दरले भुक्तानी गर्न सकिन्छ। यो सुविधा गुडविल फाइनान्स लिमिटेड, नियोफिन हायर पर्चेज प्रा. लि. र एमएडब्लु लगायतका सहभागी फाइनान्सिङ पार्टनरमार्फत उपलब्ध हुनेछ।
इएमआई सुविधाका लागि ग्राहकले मान्य नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र (एनआइडी) पेश गर्नुपर्नेछ। इएमआई स्वीकृति तथा अन्य नियम तथा सर्तहरू सम्बन्धित फाइनान्सिङ पार्टनरको प्रक्रियाअनुसार लागू हुनेछन्।
इन्फिनिक्स हट ७० प्रो नेपालभरका आधिकारिक इन्फिनिक्स स्टोर तथा विभिन्न स्मार्टफोन आउटलेटहरूमा उपलब्ध छ। ग्राहकहरूले नजिकैको इन्फिनिक्स आउटलेटमा गई फोनका भेरियन्ट, मूल्य, इएमआई सुविधा तथा फाइनान्सिङ प्रक्रियाबारे थप जानकारी लिन सक्नेछन्।















