मंगलबार मनकामना केबलकार बन्द रहने
काठमाडौं। मनकामना केबलकार सेवा भोलि मंगलबार एक दिनका लागि बन्द रहने भएको छ।
मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै नियमित मर्मत सम्भारका कारण मंगलबार केबलकार सञ्चालन नहुने जानकारी दिएको हो।
कम्पनीका अनुसार सेवा सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन नियमित तालिकाअनुसार चाडपर्वअघि मर्मत सम्भारको काम गरिन लागिएको हो।
मर्मत कार्य सम्पन्न भएपछि २१ असोज बुधबारदेखि केबलकार सेवा पुनः नियमित रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।















