१९ आश्विन २०८३, सोमबार

साताको पहिलो कारोबार दिन २०.४८ अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्बमा सीमित



काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। यस दिन नेप्से परिसूचक २०.४८ अंकले ओरालो लाग्दै २,५६६.७६ अंकमा सीमित भएको छ।

सोमबार बजारमा ९० लाख ३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। कारोबार भएका कम्पनीमध्ये ३२ वटाको सेयर मूल्य वृद्धि भएको छ भने २४२ कम्पनीको मूल्य घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

बढ्ने कम्पनीतर्फ स्ट्यान्डर्ड चार्टर्ड बैंक डिबेन्चरको मूल्य ५.७५ प्रतिशतले उक्लिएको छ। नेपाल एसबीआई बैंक डिबेन्चर ४.९८ प्रतिशत, ग्लोबल आईएमई समुन्नत योजना ४.९८ प्रतिशत, नबिल ब्यालेन्स फन्ड ३.३३ प्रतिशत र नबिल डिबेन्चर ३.२८ प्रतिशतले बढेका छन्।

सोमबारको कारोबारमा नेप्सेका अधिकांश उपसूचक घटेका छन् । १३ मध्ये १२ वटा उपसूचक ओरालो लाग्दा ट्रेडिङ उपसूचक मात्रै बढेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य अंक (0.३३)ले बढेको हो।