२१ आश्विन २०८३, बुधबार

प्रतितोला ८०० रूपैयाँले उकालो लाग्यो सुनकाे मूल्य, चाँदीमा पनि बढाेत्तरी



काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य बढेको छ। हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ८०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार स्थिर रहेको छापावाल सुन २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।