प्रसिद्ध भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
काठमाडाैं । भारतीय चलचित्र क्षेत्रका एक प्रसिद्ध कलाकार तथा अभिनेता नाना पाटेकरको ७५ वर्षकाे उमेरमा निधन भएको छ।
बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको उनका छोरा मल्हार पाटेकरले पुष्टि गरेकाे भारतिय सञ्चारमाध्यले उल्लेख गरेका छन्।
गोवाको डोना पाउलास्थित घरमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो। करिब ४५ मिनेटसम्म उनलाई बचाउने प्रयास गरेका चिकित्सककाे प्रयास सफल हुन नसकेपछि बिहान करिब ५:२० बजे त घोषणा गरिएकाे थियाे।
अस्पतालकाे प्रारम्भिक विवरणमा उनको मृत्युको कारण गम्भीर हृदयाघात बताइएको छ भने पोस्टमर्टमपछि मृत्युको कारण थप स्पष्ट हुने चिकित्सकले बताएका छन्।
‘नटसम्राट’ काे उपमा पाएका पाटेकर हिन्दी र मराठी चलचित्रका प्रभावशाली अभिनेताका रूपमा परिचित थिए। उनको वास्तविक नाम विश्वनाथ पाटेकर हाे।
उनले १९७८ को ‘गमन’बाट फिल्मी यात्रा सुरू गरेका थिए । उनले परिन्दा, क्रान्तिवीर, अग्निसाक्षी, वेलकम, अब तक छप्पन लगायत ८० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।















