२२ आश्विन २०८३, बिहिबार

चाडपर्व लक्षित महिन्द्रा बीई सिक्सको योजना सार्वजनिक, सुरुवाती मूल्य ५७ लाख रुपैयाँ



महिन्द्राको बहुप्रतिक्षित विद्युतीय एसयूभी ‘बीई सिक्स’ मा दशैं लक्षित ९ आकर्षक सुविधाहरूसहितको विशेष अफर बजारमा आएको छ।

काठमाडाैँ । अग्नि इन्कर्पोरेटेड प्रालिले नेपालीहरूको महान चाड दशैंलाई लक्षित गर्दै आफ्नो बहुप्रतिक्षित विद्युतीय एसयूभी महिन्द्रा बीई सिक्समा विशेष योजना सार्वजनिक गरेको छ।

आधुनिक कुप्पे डिजाइन, उच्च प्रविधि र उत्कृष्ट पर्फर्मेन्सका कारण नेपाली अटोमोबाइल बजारमा चर्चा बटुलिसकेको यो मोडल अब थप आकर्षक सुविधाहरूसहित ग्राहकका लागि उपलब्ध भएको छ। तीनवटा फरक भेरियन्टमा उतारिएको यस गाडीको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ निर्धारण गरिएको छ।

कम्पनीले चाडपर्वको अवसर पारेर बीई सिक्स खरिद गर्ने उपभोक्तालाई एकसाथ नौवटा विभिन्न आकर्षक फाइदाहरू दिने घोषणा गरेको छ।

चाडपर्वमा नयाँ सवारी साधन किन्न चाहने ग्राहकलाई मध्यनजर गर्दै महिन्द्राले यस अफरमा विभिन्न सुविधा समेटेको छ। ग्राहकले गाडी खरिद गर्दा आकर्षक नगद छुटको लाभ लिन सक्नेछन् भने पुरानो गाडी साट्न चाहनेहरूका लागि एक्सचेन्ज बोनसको समेत व्यवस्था गरिएको छ।

यसले ग्राहकलाई पुरानो सवारीको उचित मूल्याङ्कन गराएर नयाँ विद्युतीय एसयूभी पाउन सहज बनाउँछ। त्यيस्तै, एकैपटक धेरै रकम खर्च गर्न नसक्ने वा चाहनेहरूका लागि सहज रूपमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा सुविधा मिलाइएको छ, जसले मासिक किस्ताबन्दीमा गाडी किन्न सजिलो बनाउँछ।

यस योजनाअन्तर्गत ग्राहकले गाडीसँगै ७ किलोवाट र ३ किलोवाटका दुईवटा चार्जर पूर्ण रूपमा निःशुल्क पाउनेछन्। घरमा नियमित रूपमा छिटो चार्ज गर्न ७ किलोवाटको वालमाउन्ट चार्जर निकै उपयोगी साबित हुन्छ। यसका साथै, प्रायः विद्युतीय कारहरूमा नपाइने स्पेयर टायर बीई सिक्समा उपलब्ध गराइएको छ, जसले लामो तथा दुर्गम यात्राका दौरान टायरमा समस्या आउँदा ठूलो राहत दिन्छ।

गाडी खरिद गर्दा आवश्यक पर्ने म्याट लगायतका एसेसरिजहरू पनि निःशुल्क प्रदान गरिनेछ भने बुकिङपछि लामो समय कुर्न नपर्ने गरी तत्काल डेलिभरीको सुविधान मिलाइएको छ। यी बाहेक कम्पनीले आकर्षक उपहार प्याकेज र पहिलो वर्षको वार्षिक करसमेत छुट दिने घोषणा गरेको छ।

आधुनिक डिजाइन र दमदार कार्यक्षमता

महिन्द्राको अत्याधुनिक इनग्लो विद्युतीय प्लेटफर्ममा तयार पारिएको बीई सिक्स परम्परागत एसयूभीभन्दा निकै भिन्न र आकर्षक कुप्पे शैलीमा बनाइएको छ। यसको अगाडिदेखि पछाडिसम्मको धारिलो डिजाइन, १९ इन्चका ठूला ह्वील र उठेको एसयूभी स्वरूपले सडकमा यसको बेग्लै पहिचान झल्काउँछ।

यसमा ५९ किलोवाट आवरको शक्तिशाली ब्याट्री जडान गरिएको छ, जसलाई १७५ किलोवाटको डीसी फास्ट चार्जरमार्फत द्रुत गतिमा चार्ज गर्न सकिन्छ। गाडीमा ९९ किलोवाट क्षमताको विद्युतीय मोटर प्रयोग गरिएको छ जसले अधिकतम ३८० न्यूटन मिटरको टर्क उत्पन्न गरी बलियो तान्न सक्ने क्षमता प्रदान गर्छ।

साइजका हिसाबले यो एसयूभी लम्बाइमा ४३७१ एमएम, चौडाइमा १९०७ एमएम र उचाइमा १६२७ एमएम रहेको छ भने यसको ह्वीलबेस २७७५ एमएम छ। यसमा रहेको २०७ एमएमको उचाइ भएको ग्राउण्ड क्लियरेन्स र ४५५ लिटरको फराकिलो बुट स्पेसले नेपाली खाल्टाखुल्टी बाटा र पारिवारिक यात्रा दुवैका लागि यसलाई अति व्यावहारिक बनाएको छ।

अत्याधुनिक प्रविधि र उच्च सुरक्षा

बाहिरबाट आकर्षक देखिएको यो गाडीभित्र प्रवेश गरेपछि भविष्यको प्रविधिको अनुभव गर्न सकिन्छ। ड्यासबोर्डमा १२.३ इन्चका दुईवटा ठूला स्क्रीनहरू राखिएका छन् भने यसलाई शक्तिशाली स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीबी स्टोरेजले सञ्चालन गर्छ।

यसको इन्फोटेन्टमेन्ट सिस्टममा ३० भन्दा बढी एपहरू पहिल्यै इनब्यूल्ट गरिएका छन्। सांगीतिक आनन्दका लागि हर्मन कार्डनका १६ वटा स्पिकरहरू जडान गरिएका छन्।

त्यस्तै, गाडीमा ड्युल जोन क्लाइमेट कन्ट्रोल, ५जी कनेक्टिभिटी, फराकिलो पानारोमिक सनरुफ, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा र ड्राइभिङलाई थप सुरक्षित बनाउने लेभल–२ एडीएएस प्रविधि उपलब्ध छ। सुरक्षालाई थप मजबुत बनाउन गाडीभित्र सातवटा एयरब्यागहरूको समेत व्यवस्था गरिएको छ, जसले परिवारको यात्रालाई पूर्ण सुरक्षित तुल्याउँछ।