विद्युतीय गाडीप्रेमीका लागि आकर्षक मौका, साढे ५ लाख डाउन पेमेन्टमै पाइने भयो नेक्सन ईभी
नेपाल राष्ट्र बैंकको कडाइका बाबजुद सिप्रदी ट्रेडिङले आकर्षक अफर ल्याउँदै टाटा नेक्सन ईभी अब मात्र साढे पाँच लाख रुपैयाँको सुरुवाती भुक्तानी (डाउन पेमेन्ट) मै उपलब्ध गराउने भएको छ।
काठमाडाैँ । विद्युतीय सवारीसाधन पारखीहरूका लागि बजारमा एक नयाँ र आकर्षक वित्तीय योजना सार्वजनिक भएको छ। नेपाली बजारमा आफ्नो बलियो पकड जमाउँदै आएको टाटा मोटर्सको चर्चित विद्युतीय एसयूभी नेक्सन ईभी अब निकै कम सुरुवाती भुक्तानीमा खरिद गर्न सकिने भएको छ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ल्याएको यस नयाँ प्रबन्धले महँगो डाउन पेमेन्टको झन्झट हटाउँदै ग्राहकलाई सहजै गाडी आफ्नो बनाउने अवसर जुराइदिएको छ।
साधारणतया नेपाल राष्ट्र बैंकको हालको प्रचलित नीति अनुसार जुनसुकै निजी सवारी साधन खरिद गर्दा सुरुवातमै कुल मूल्यको कम्तीमा ४० प्रतिशत रकम डाउन पेमेन्ट बापत बुझाउनुपर्ने अनिवार्य व्यवस्था छ। यो नियम लागू हुँदा करिब साढे ४४ लाख रुपैयाँ पर्ने नेक्सन ईभी किन्न ग्राहकले सुरुमै १८ लाख रुपैयाँभन्दा बढीको जोहो गर्नुपर्ने बाध्यता थियो।
तर, आधिकारिक विक्रेताले बजारको माग र ग्राहकको सुविधालाई मध्यनजर गर्दै यस प्रक्रियामा विशेष सहजीकरण गरेको छ। अब ग्राहकले यो लोकप्रिय गाडी केवल पाँच लाख उनन्चास हजार रुपैयाँको न्यून डाउन पेमेन्ट तिरेरै घर लैजान सक्नेछन्।
यस नवीन अफर अन्तर्गत कम्पनीले ८० प्रतिशतसम्मको आकर्षक बैंक कर्जा सुविधा मिलाइदिएको छ। यसको गणितीय हिसाब हेर्दा कुल मूल्यको ठूलो हिस्सा ऋणमार्फत व्यवस्थापन हुनेछ भने बाँकी रहने रकममा विशेष छुट र न्यूनतम डाउन पेमेन्टका विकल्पहरू मिलाइएको छ।
यसले गर्दा विद्युतीय सवारीसाधनतर्फ आकर्षित भइरहेका तर ठूलो रकम जुटाउन कठिनाई भोगिरहेका मध्यमवर्गीय उपभोक्ताहरूका लागि यो योजना लाभदायी बन्ने देखिएको छ।
आकर्षक बनावट र अत्याधुनिक प्रविधि
नेक्सन ईभी केवल वित्तीय सहजताका कारण मात्र होइन, यसको उत्कृष्ट डिजाइन र सुविधाहरूले गर्दा पनि उत्तिकै चर्चामा छ। गाडीको बाहिरी भागमा अत्याधुनिक स्प्लिट एलईडी हेडलाइट सेटअप, माथिल्लो भागमा आकर्षक ढंगले जोडिएको एलईडी लाइट र नयाँ फ्रन्ट बम्परले यसलाई निकै आक्रामक लुक्स दिएको छ।
यसका साथै, साइडमा एरो डाइनामिक डिजाइन गरिएका १६ इन्चका अलोय ह्वील र पछाडिको भागमा जडान गरिएको सिक्वेन्शियल एलईडी टेललाइटले यसको सौन्दर्यलाई थप निखारेको छ।
आकारको कुरा गर्दा यस एसयूभीको लम्बाइ ३,९९३ मिलिमिटर, चौडाइ १,८११ मिलिमिटर र उचाइ १,६०६ मिलिमिटर रहेको छ। यसमा २,४९८ मिलिमिटर लामो ह्वीलबेस पाउन सकिन्छ भने १९० मिलिमिटरको ग्राउण्ड क्लियरेन्सले नेपाली बाटोका लागि यसलाई निकै उपयुक्त बनाएको छ।
यसबाहेक लगेज राख्ने प्रयोजनका लागि ३५० लिटरको फराकिलो बुट स्पेस उपलब्ध गराइएको छ।
सुविधासम्पन्न क्याबिन र उत्कृष्ट पर्फर्मेन्स
गाडीभित्र प्रवेश गर्दा यसको क्याबिनले अत्याधुनिक प्रविधिको अनुभूति गराउँछ। टाटाको नयाँ पहिचान झल्किने इल्युमिनेटेड लोगो सहितको टू-स्पोक स्टेयरिङ ह्वील यसमा दिइएको छ। ड्यासबोर्डमा १२.३ इन्चको विशाल सिनेमेटिक टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ।
यसका अतिरिक्त ३६० डिग्री क्यामेरा, वायरलेस चार्जर, ९ स्पिकर जडित जेबीएल साउण्ड सिस्टम र भ्वाइस अलर्ट सिस्टम जस्ता सुविधाहरूले यात्रालाई थप आरामदायी बनाउँछन्।
कार्यसम्पादनको पक्षमा नेक्सन ईभीमा ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटिक ब्याट्री जडान गरिएको छ। यसले एकपटक पूरा चार्ज गर्दा ३२५ किलोमिटरको दूरी पार गर्न सक्ने कम्पनीको दाबी छ। गाडीमा रहेको ९८ किलोवाट आवरको शक्तिशाली मोटरले गतिशीलता प्रदान गर्छ।
यसलाई ७.२ किलोवाटको एसी चार्जर वा ६० किलोवाटसम्मको तीव्र गतिको डीसी चार्जरमार्फत सहजै चार्ज गर्न सकिन्छ। यात्रालाई सुरक्षित र नियन्त्रित बनाउन चार लेभलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि समाहित गरिएको छ।
सुरक्षाका मामिलामा पनि यो गाडी अब्बल सावित भएको छ।
भारत एनक्याप परीक्षणमा फाइभ स्टार रेटिङ प्राप्त गर्न सफल यस नेक्सन ईभीमा ६ वटा एयरब्याग, सबै चक्कामा डिस्क ब्रेक, इलेक्ट्रोडाइनामिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक र ब्लाइण्ड स्पट मनिटरिङ जस्ता अत्याधुनिक सुरक्षा फिचरहरू जडान गरिएका छन्।















