२२ आश्विन २०८३, बिहिबार

सेयर बजारमा झिनाे सुधारः २५७४ विन्दुमा अडियाे नेप्से, करिब ४ अर्बकाे काराेबार



काठमाडाैं । लगातारको उतारचढावबीच बिहिबार सेयर बजारमा सामान्य सुधार देखिएकाे छ। आज प्से परिसूचक २.३१ अंकले बढेर २५ सय ७४ दशमलव ६५ विन्दुमा पुगेर बन्द भएको छ।

आज फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समुहका उपसूचक घटेका छन् भने बाँकी सबै बढेका छन् ।

आज १४० वटा कम्पनीको शेयर बढेकाे छ भने १२७ वटाको बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरकाे सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेकाे छ भने आरबीबी म्युच्युअल फण्ड २ काे सेयर मूल्य सर्वाधिक ८.०७ प्रतिशत घटेकाे छ।

नेप्सेसँगै यसदिन काराेबारमा पनि सुधार देखिएकाे छ। आज ३५४ वटा कम्पनीको १ कराेड १२ लाख ३३ हजार ६३६ हजार कित्ता शेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँमा किनबेच भएको छ ।

हिजाे ३५९ वटा कम्पनीको १ कराेड ३ लाख ६८८ हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ८० लाख ८० हजार रुपैयाँमा किनबेच भएको थियाे ।