दसैँ नजिकिएसँगै लगातार बढ्दै सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?
काठमाडाैं। शुक्रबार पनि लगातार तेस्राे दिन सुनकाे मूल्य बढेकाे छ। बुधबार तोलामा ८०० रुपैयाँ र बिहिबार ताेलामा ५०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज प्रतिताेला २९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतिताेला २ लाख ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । हिजो ४ हजार ३९० रुपैयाँमै कारोबार भएको चाँदी आज प्रतिताेला ४ हजार ४०५ रुपैयाँ कायम भएको छ।
















