पोखरामा स्कुल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १९ घाइते
काठमाडाैं । पोखरामा स्कूल बस दुर्घटना हुँदा ५ को मृत्यु भएकाे छ। पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा ४ विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाले ज्यान गुमाएका हुन्।
सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको बस ओख्लेको भीरबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हाे । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ । दुर्घटनाकाे बाँकी विवरण भने आउन बाँकी नै छ ।
















