कांग्रेस सभापतीमा गगन थापा भारी मतान्तरले विजयी
काठमाडाैँ । नेपाली कांग्रेसकाे १५औं महाधिवेशनबाट पार्टी सभापतिमा गगन थापा निर्वाचित भएका छन् । हिजाे शुक्रवार रातिसम्म्म भएकाे मतदानबाट थापा भारी मतान्तरले विजयी भएका हुन् ।
निर्वाचनकाे मतगणना भर्खरै सम्पन्न भएकाे हाे । सभापतीमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेर पुन: निर्वाचित भएका हुन् ।
त्यस्तै थापासँग सभापतीमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन् । थापाले ९४ प्रतिशत मत ल्याएर निर्वाचित भएका हुन् ।
निर्वाचनमा देशभरबाट छानिएका ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए भने ५४ मत बदर भएका थियाे ।
















