२५ आश्विन २०८३, आइतबार

५७.९९ लाखमै एमजीकाे ‘टोमहक’ एसयुभी इभी, रेञ्ज ५१७ किलाेमिटर



काठमाडाैँ । एमजीले हालै नेपाल भित्र्याएकाे नयाँ इलेक्ट्रिक एसयुभी हेक्टर टाेमहककाे आकर्षक मूल्य सार्वजनिक भएकाे छ ।

एमजीले भारतमा उत्पादन गरेको नयाँ इलेक्ट्रीक एसयूभी ‘हेक्टर टोमहक’काे मूल्य ५७ लाख ९९ हजारमा सार्वजनिक गरेकाे छ ।

सेवन सिटर कार हेक्टर टोमहक ईभीमा १५० किलोवाटको इलेक्ट्रीक मोटर तथा ६१.२ किलाेवाटकाे व्याट्रि रहेकाे छ । नेपाली बाटाेलाइ सुहाउँदाे २ सय ३० एमएम ग्राउण्ड क्लेेरेन्स रहेकाे छ ।

एमजीको एडाप्ट प्लेटफर्ममा बनेको हेक्टर टोमहक ईभी जसले ३१० न्युटन मिटर टर्क प्रदान गर्छ । जसले एकपटकको फुलचार्जमा ५१७ किमी रेन्ज दिने कम्पनी प्रवन्ध निर्देशक आकाश गाेल्छाले बताए ।

https://www.youtube.com/embed/CHNTwDxQGDI?si=Rmz2hzR8IdRek-LA