१ कार्तिक २०८३, शनिबार

चाडपर्वको मुखमा लगातार बढ्दै सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । दसैँ नजिकिँदै गर्दा नेपाली बजारमा सुनको मूल्य लगातार बढ्ने क्रम जारी छ। गत बुधबारदेखि लगातार बढिरहेकाे सुनकाे मूल्य आज घटस्थापनाका दिन प्रतितोला ८ सय रुपैयाँले बढेको छ।

गत साता मात्रै बुधबार प्रतितोला ८ सय रुपैयाँ, बिहीबार ५ सय रुपैयाँ र गत शुक्रबार प्रतितोला २ हजार ९ सय रुपैयाँले सुनको मूल्य बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य तोलामा २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको भाउ तोलाको ३५ रुपैयाँले बढेको छ। यस वृद्धिसँगै आज चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।