सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आईतबारको तुलनामा सुन प्रतितोला २ हजार १०० रुपैयाँले सस्तिएको हो भने चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँको गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ। आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा खरिदबिक्री भएको थियो। यससँगै साताको कारोबारको सुरुवातमै नेपाली बजारमा बहुमूल्य धातु सुन र चाँदी दुवैको मूल्यमा गिरावट देखिएको हो।

















