१ कार्तिक २०८३, शनिबार

सामसङ नेपालद्वारा बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि विशेष मर्मत सेवा अभियानको घोषणा



काठमाडौँ । सामसङ नेपालले हालै नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एक विशेष मर्मत सेवा अभियानको घोषणा गरेको छ।

बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला, मर्मत तथा नयाँ सामान फेर्दा लाग्ने आर्थिक भारलाई कम गर्दै अत्यावश्यक मोबाइल फोन र घरायसी सामानहरू पुनः सञ्चालनमा ल्याउन सहयोग गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको छ।

यस अभियानअन्तर्गत सामसङ नेपालले नारायणघाट सर्भिस सेन्टर र ताम्राकार सर्भिस सेन्टर पाकोमा विशेष मर्मत सेवा केन्द्र सञ्चालन गरी सामसङका विभिन्न उत्पादनहरूका लागि मर्मत सुविधा प्रदान गरिरहेको छ। घरायसी सामानहरूका लागि घरमै पुगेर सेवा दिने व्यवस्था गरिएको छ। यस अभियानमा मोबाइल उपकरणहरू (स्मार्टफोन र ट्याब्लेट) का साथै फ्रिज, वासिङ मेसिन, टेलिभिजन र अन्य योग्य घरायसी सामानहरू समावेश छन्।

यो सेवा क्याम्प नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ वटा स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा वरपरका जिल्लाहरू (जस्तै: रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा र तनहुँ) का लागि ल्याइएको हो।

वारेन्टी बाँकी भएका फ्रिज, वासिङ मेसिन, टेलिभिजन र अन्य योग्य घरायसी सामानहरू को मर्मत तथा नयाँ फेर्न परेमा १०० प्रतिशत छुट, २ वर्ष पूराना सामानहरू को मर्मत तथा नयाँ फेर्न परेमा ८० प्रतिशत र ५ वर्ष पुरानो सामानको मर्मत तथा नयाँ फेर्न परेमा ७० प्रतिशत छुट पाइनेछ।
वारेन्टी बाँकी भएका स्मार्टफोन र ट्याब्लेटसहितका छनोट भएका सामसङ मोबाइल उपकरणहरू को मर्मत तथा नयाँ फेर्न १०० प्रतिशत छुट, २ वर्ष पूराना सामानहरू को मर्मत तथा नयाँ फेर्न परेमा ८० प्रतिशत र ४ वर्ष पुरानो सामानको मर्मत तथा नयाँ फेर्न परेमा ७० प्रतिशत छुट पाइनेछ।

नारायणघाट सर्भिस सेन्टर र पाको ताम्राकारमा सहज सेवा केन्द्रहरू

यो विशेष मर्मत सेवा अभियान अक्टोबर २, २०२६ देखि नोभेम्बर २, २०२६ सम्म नारायणघाट सर्भिस सेन्टर र पाको ताम्राकारमा विशेष सर्भिस क्याम्पका रूपमा सञ्चालन भइरहेको छ।

यी स्थानहरूलाई प्रमुख सेवा केन्द्रका रूपमा स्थापना गरेर, सामसङले बाढी प्रभावित जिल्ला र वरपरका क्षेत्रका ग्राहकहरूलाई सेवामा सहज पहुँच पुर्‍याउने लक्ष्य राखेको छ। योग्य सामसङ स्मार्टफोन र ट्याब्लेट भएका ग्राहकहरूले जाँच तथा मर्मत सहायताका लागि आफ्ना उपकरणहरू सिधै तोकिएका सर्भिस क्याम्पमा ल्याउन सक्नुहुनेछ।