अनर नेपालद्वारा ‘तीन चाडको बहार’ उपहार योजना सार्वजनिक, थाइल्यान्ड भ्रमणदेखि दैनिक पुरस्कारको अवसर
काठमाडौं । स्मार्टफोन ब्रान्ड अनर नेपालले चाडपर्वको अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ।
कम्पनीले ‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’ नामक राष्ट्रिय स्तरको अभियान सुरु गरेको हो।
यही अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ (असोज १८ देखि कात्तिक २९) सम्म लागू हुने यस योजनाअन्तर्गत अनरका स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहकहरूले विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।
योजना अवधिभर हरेक दिन भाग्यशाली १० जना ग्राहकले अनर एक्स ७ ई एक्टिभ इयरबड प्राप्त गर्नेछन् भने दैनिक रूपमा ३ जना विजेताले अनर वाच २ प्राे जित्नेछन्।
यस्तै बम्पर उपहारअन्तर्गत योजनाको अन्त्यमा भाग्यशाली ८ जना विजेताहरूलाई थाइल्यान्ड भ्रमण गराइनेछ।
यस उपहार योजनामा सहभागी हुनका लागि ग्राहकले अनरको आधिकारिक स्मार्टफोन वा ट्याब्लेट खरिद गरेपछि आफ्नो म्यासेज बक्समा गई HONOR <स्पेस> IMEI वा SN नम्बर टाइप गरी ३५००१ मा एसएमएस पठाउनु पर्नेछ ।
आफ्ना ग्राहकहरूलाई आधुनिक प्रविधिका साथै दशैँ, तिहार तथा छठ पर्वको खुसीमा थप उत्साह र मनोरञ्जन प्रदान गर्न यो अफर सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

















