नेसनल लाइफ इन्स्योरेन्समा दुईजना सञ्चालक नियुक्त
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा दुईजना सञ्चालक नियुक्त भएका छन्।
राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयरमण पौडेललाई इन्स्योरेन्सको सञ्चालक बनाइएको छ। गत भदौ २९ गते नै बैंकले पत्र पठाएर पौडेलको नाम सिफारिस गरेको थियो, जसलाई कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले अनुमाेदन गरेकाे हाे ।
यसैबीच, सोही बैठकले समितिमा रिक्त रहेको अर्को एक सञ्चालक पदमा सरस्वती अधिकारीलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ। अधिकारीको यो नियुक्तिलाई आगामी साधारणसभाबाट औपचारिक रूपमा अनुमोदन गराउने कम्पनीले जनाएको छ।

















