२७ आश्विन २०८३, मंगलबार

नेपाल टेलिकमले ल्यायो अटम अफर २०८३, विभिन्न आकर्षक प्याक तथा सुविधा उपलब्ध



काठमाडौँ। नेपाल टेलिकमले अटम अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ। यसअन्तर्गत कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरू सञ्चालनमा ल्याएको छ।

नेपाल टेलिकमका विभिन्न डाटा तथा कम्बो प्याकेजहरूलाई थप आकर्षक बनाइएको छ। अल नेट भ्वाइस प्याकअन्तर्गत रु. ३५, ४९, ९८, १८९ र २९९ मा क्रमशः १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याक उपलब्ध हुनेछन्। यी प्याकहरूको समयावधि क्रमशः १, ३, ७, ३० र ३० दिन हुनेछ।

सजिलो अनलिमिटेडअन्तर्गत रु. ६९९ मा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ। त्यसैगरी, रु. १,४९९ मा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ।

पोस्टपेड प्रयोगकर्ताहरूले रु. ३७३ रेन्टल चार्जमै उपलब्ध हुने विभिन्न प्रकारका भ्वाइस र डाटा प्याकका साथै अन्य विभिन्न प्रकारका कम्बो प्याक प्रयोग गर्न सक्नेछन्। भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजहरू समेत उपलब्ध रहेका छन्। त्यसैगरी, बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन्। फरक क्षमता भएका व्यक्तिहरूका लागि समेत छुट्टै प्याकेज उपलब्ध छ।

अटम अफर २०८३ हिजो (२०८३ असोज २६) देखि लागू भएको छ। ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्। त्यसैगरी, कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।