दशैंको उमंगसँगै परिवारको स्वास्थ्यलाई प्राथमिकता: केन्ट प्रोद्वारा शुद्ध र सुरक्षित पानी पिउन आह्वान
काठमाडा । नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै गर्दा घर-परिवारमा भेटघाट, आत्मीयता, खुसी र उत्सवको माहोल सुरु भएको छ । यही अवसरमा केन्ट प्राेले यस दशैलाई अझ स्वस्थ, सुरक्षित र यादगार बनाउँदै शुद्ध पानीसँगै परिवारको स्वास्थ्य र खुसी मनाउन सबैलाई आह्वान गरेको छ ।
दशैं केवल टीका र जमराको पर्व मात्र होइन, परिवार तथा आफन्तसँग समय बिताउने, मिठा परिकार बाँड्ने र खुसी साटासाट गर्ने विशेष अवसर पनि हो । यस्तो महत्वपूर्ण समयमा परिवारको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सफा, शुद्ध र सुरक्षित पिउने पानी दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्न सक्छ ।
‘पियाेर वाटर फर हेल्दियर टुमराे’ अर्थात् शुद्ध पानी, स्वस्थ भोलिका लागि” भन्ने प्रतिबद्धतासहित केन्ट प्राेले आधुनिक प्रविधिबाट पानीमा रहेका हानिकारक अशुद्धता हटाउँदै आवश्यक खनिजहरू कायम राख्ने उद्देश्यका साथ विभिन्न वाटर प्युरिफायर समाधानहरू उपलब्ध गराउँदै आएको छ ।
केन्ट प्राे प्रविधिले पानीमा रहेका हानिकारक अशुद्धताहरू हटाउन सहयोग गर्दै सुरक्षित पिउने पानी उपलब्ध गराउँछ भने पानी शुद्धीकरणसँगै शरीरका लागि आवश्यक इसेन्सीयल मिनिरल्स कायम राख्ने विशेषताले पानीको पोषणात्मक गुणलाई ध्यानमा राख्छ ।
केन्ट प्राेले परिवारका लागि शुद्ध, सुरक्षित र स्वादिलो पानी उपलब्ध गराउने उद्देश्य राख्छ, जसले दैनिक पिउने पानीलाई अझ सहज र स्वादिलो बनाउँछ।
केन्टको वाटर प्युरिफायर समाधानहरूलाई लाखाैँ परिवारले विश्वास गर्दै आएका छन्, जसले ब्रान्डप्रतिको दीर्घकालीन भरोसा झल्काउँछ ।
पानी शुद्धीकरणको क्षेत्रमा २५ वर्षको विश्वास बोकेको केन्टले प्रविधि, गुणस्तर र शुद्ध पानीको प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ।
संलग्न प्रचार सामग्रीमा देखाइएको उत्पादनमा उत्पादनका लागि १२ महिनाको वारेन्टी पनि उल्लेख गरिएको छ । २५ वर्षको विश्वास बोकेको केन्टले पानी शुद्धीकरणको क्षेत्रमा आफ्नो प्रविधि र गुणस्तरमार्फत परिवारहरूको स्वस्थ जीवनशैलीमा योगदान पुर्याउँदै आएको छ । यस दशैंमा पनि केन्ट प्राेले परिवारसँगै बसेर मनाइने हरेक खुसीको पलमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको महत्व सम्झाउन चाहन्छ।
दशैँको पावन अवसरमा केन्ट प्राे सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र पारिवारिक खुसीको हार्दिक शुभकामना व्यक्त गर्दै केन्टका घरायसी सामाग्रीहरु खरिद गरी यो दशै स्वस्थ रुपमा मनाऔं ।

















