२८ आश्विन २०८३, बुधबार

लगातार पाँचौँ दिन बजारमा सुधार: नेप्से २१.३२ अंकले बढ्दा २६२१ बिन्दु पार



काठमाडाैं। शेयर बजार लगातार ५ कारोबार दिन पनि बढेको छ । अघिल्ला ४ काराेबार दिन झिनाे अंकले मात्र बढेकाे नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २१.३२ अंकले बढेर २६ सय २१ दशमलव २६ बिन्दुमा पुगेकाे छ।

आज १३ वटै उपसूचकहरूमा हरियाली छाएकाे छ। यसदिन वाणिज्य बैंक समुह १.४५, निर्जीवन १.२० र विकास बैंक समुहकाे उपसूचक १.१९ प्रतिशतले बढेकाे छ।

आज १८८ वटा कम्पनीको शेयर बढेको छ भने ८० वटाको घटेको छ । यस्तै ९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

नेप्से परिसूचक बढेपनि यसदिन काराेबार रकम भने भएकाे छ। आज ३५४ वटा कम्पनीको १ करोड १६ लाख ७६ हजार २०९ कित्ता शेयर ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको छ ।

हिजाे ३५१ वटा कम्पनीको १ करोड ३५ लाख कित्ता शेयर ४ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको थियाे ।