२८ आश्विन २०८३, बुधबार

माछापुच्छ्रे बैंकले सेयरधनीलाई कति दियाे लाभांस ? चुनाैँतिका विच यस्ताे छ ६ वर्षकाे लाभांंस



काठमाडौँ। माछापुच्छ्रे बैंकको २८औँं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न भएको उक्त साधारण सभाले बैंकको संस्थापक सेयरधनीहरूको तर्फबाट रोशन केसी, मुकुन्द महत तथा कृति महतोलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ।

यस्तै, साधारण सभाले सर्वसाधारण सेयर धनीको तर्फबाट विश्व प्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको छ। त्यसपश्चात बसेको बैंक संचालक समितिको बैंठकले बैंक संचालक समितिको अध्यक्ष पदमा आगामी ४ वर्षे कार्यकालका लागि रोशन केसीलाई पुन: नियुक्ति गर्ने निणर्य गरेको छ ।

यसका साथै, सोही साधारण सभाले बैंकको आर्थिक बर्ष २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ। जसमध्ये, चुक्तापूँजीको ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस शेयर गरी जम्मा ६ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर वितरण पश्चात बैंकको कुल साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैँया पुग्नेछ भने अग्राधिकार सेयर सहित बैंकको चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैँया पुग्नेछ। बैंकले गत आर्थिक वर्षमा रु. १ अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिशेयर आम्दानी रु. १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो।

होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

यस्तो छ विगत ५ वर्षको लाभांश वितरणको इतिहास

माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दुवै माध्यमबाट प्रतिफल वितरण गर्दै आएको छ। बैंकको लाभांश इतिहास हेर्दा पछिल्ला दुई आर्थिक वर्षमा क्रमशः ८ प्रतिशत र ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा १४ प्रतिशत लाभांश वितरण गरेको थियो। उक्त वर्ष बैंकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश दिएको थियो। यसअघि आर्थिक वर्ष २०७७/७८ मा पनि बैंकले १४ प्रतिशत लाभांश वितरण गरेको थियो। त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा १०.४० प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा १६ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ।

बैंकको लाभांश इतिहासले बोनस सेयरमार्फत चुक्ता पुँजी वृद्धि गर्ने र नगद लाभांशमार्फत सेयरधनीलाई प्रतिफल दिने दुवै अभ्यास देखाउँछ।

आर्थिक वर्षनगद लाभांशबोनस सेयरकुल लाभांश
२०८२/८३३.००%३.००%६.००%
२०८१/८२४.००%४.००%८.००%
२०७९/८००.७०%१३.३०%१४.००%
२०७७/७८०.७०%१३.३०%१४.००%
२०७६/७७३.३७%७.०३%१०.४०%
२०७५/७६११.००%५.००%१६.००%