दसैंमा लगातार घट्दै सुनकाे भाउः चार दिनमै ८,१०० रुपैयाँ घट्यो, कति पुग्याे ताेलाकाे ?
काठमाडौं । नेपालीहरूकाे महान पर्व दसैं को मुखमा सुनचाँदीको मूल्य लगातार घटिरहेकाे छ। पछिल्लाे ४ दिनमा सुनकाे मूल्य तनेलमा ८ हजार १०० रूपैयाँले घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस साताको सुरुवातमै ओरालो लागेको बजारमा सोमबार तोलामा २,१०० रुपैयाँ, मंगलबार २,२०० रुपैयाँ र बुधबार २,७०० रुपैयाँले मूल्य घटेको थियो। यसैक्रममा आज चौथो दिन पनि छापावाल सुनको मूल्य तोलामा थप १,१०० रुपैयाँले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलकाे २ लाख ८८ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यस्तै आज चाँदीको भाउ पनिएकैदिन ताेलामा २ सय २० रुपैयाँले घटेको छ । हिजो प्रतिताेला ४ हजार २५५ रुपैयाँमै कारोबार भएको चाँदी आज ४ हजार ३५ रुपैयाँमा झरेकाे छ।



















