चाडपर्वमा डिजिटल कारोबारलाई प्रोत्साहन: अब दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ।
केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएर ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेकाे हाे ।
यसअघि एक दिनमा प्राकृतिक व्यक्तिको वालेटमा १० पटकसम्म रकम जम्मा गर्न सकिने सुविधा रहेको थियो।
यो सुविधा असोज ३१ गतेदेखि कात्तिक ८ गतेससम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लिन सकिन्छ। राष्ट्र बैंकले चाडपर्वका बेला नगद कारोबारभन्दा पनि डिजिटल कारोबारलाई जोड दिएको छ।

















