राष्ट्र बैंकले भन्यो-‘लघुवित्तको ब्याजदर १५ प्रतिशतभन्दा माथि छैन, बढी लिएमा खबर गर्नुहोस्’

काठमाडौं । कुनै पनि लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशतभन्दा बढी ब्याज लिएमा नेपाल राष्ट्र बैंकलाई गुनासो गर्न सकिने भएको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशतभन्दा बढी ब्याजदर लिएको भए गुनासो गर्न आग्रह गरेको हो । पछिल्लो समय लघुवित्तले धेरै ब्याजदर लिएको आरोप लागेसँग यस्तो व्यस्था गरेको हो ।
एक सूचना जारी गर्दै केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जाको ब्याजदरमा १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको जनाएको छ । हाल कुनै पनि लघुवित्तको ब्याजदर १५ प्रतिशत भन्दा माथि छैन ।
राष्ट्र बैंकले भनेको छ,–‘लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ, हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन।’
लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने बैंकले जनाएको छ ।