तरलताको तकलीफमै बैंक: ९० प्रतिशतकै हाराहारीमा सीडी रेसियो, ऋण दिन कुनलाई सहज, कुनलाई सकस ?

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) अझै पनि ९० प्रतिशतकै हाराहारीमा देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।
तथ्याङ्क अनुसार गत पुस मसान्तसम्ममा बैंकहरुको सीडी रेसियो ९० प्रतिशत वरिपरि नै छ । पछिल्लो समय निक्षेप संकलन उल्लेख्य सुधार आउन सकिरहेको छ, जसले कर्जा प्रवाहमा पनि मुश्किल पर्दै आएको छ ।
पुस मसान्तसम्ममा केही बैंकहरुको सीडी रेसियो ९० प्रतिशत पुगेको छ भने केहीको सोही हाराहारीमै पुग्न लागेको छ । जसले बैंकहरुलाई कर्जा प्रवाह गर्न सहज नहुने देखिएको छ ।
संचालनमा रहेका २२ वटा बैंकमध्ये १० वटाको सीडी रेसियो ८७ प्रतिशतभन्दा माथि देखिएको छ । राष्ट्र बैंकका अनुसार कुमारी बैंकको सीडी रेसियो सबैभन्दा धेरै अर्थात ९०.७० प्रतिशत पुगेको छ । कुमारी बैंकलाई कर्जा प्रवाहमा समस्या हुने देखिएको छ ।
यस्तै, ग्लोबल आइएमईको सीडी रेसियो ८९.४१ प्रतिशत, नबिल बैंकको ८९.३६, प्राइमको ८८.८८, लक्ष्मीको ८७.८७, कृषि विकासको ८७.५०, सिटिजनको ८७.४७, सनराइजको ८७.२७, एनएमबिको ८७.२४ र हिमालयन बैंकको ८७.११ प्रतिशत रहेको छ । यी बैंकहरुको सीडी रेसियो अनुसार कर्जा प्रवाहमा सहज नहुने भएको देखिएको हो ।
पुस मसान्तसम्मको तथ्याङ्कअनुसार सबैभन्द कम सीडी रेसियो स्टाण्डर्ड चार्टर्डको देखिएको छ । बैंकको सीडी रेसियो ७८.७३ प्रतिशत रहेको छ । यसको आधारमा अन्य बैंकको तुलनामा बैंकलाई कर्जा प्रवाह गर्न सहज छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीडी रेसियो ८६.९८ प्रतिशत, प्रभु बैंकको ८५.८३ प्रतिशत, सिभिलको ८५.६८, माछापुच्छ«ेको ८६.०२, सिद्धार्थ ८४.१६, एनआईसी एशियाको ८४.११, नेपाल एसबिआईको ८४.०२, सानिमाको ८३.०९, नेपाल बैंकको ८२.९१, राष्ट्रिय वाणिज्य बैंकको ८१.५९ प्रतिशत रहेको छ ।
कुनको सीडी रेसियो कति ?
