सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा सिटिजन बैंकका कार्डबाहकलाई विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कमलपोखरी स्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच विशेष छुट सम्वन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरूस बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ९५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।













