जीवन विकास लघुवित्तको लाभांश संशोधन, बोनस र नगद दुबै घट्यो « Arthapath.com
२१ फाल्गुन २०७९, आईतवार

जीवन विकास लघुवित्तको लाभांश संशोधन, बोनस र नगद दुबै घट्यो



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।

कम्पनीले राष्ट्र बैंकले निर्देशनपछि फागुन १९ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.१५ प्रतिशत नगद लाभांश गरी कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

यस अघि कम्पनीले सेयरधनीहरुलाई २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ९.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्