२० श्रावण २०८३, बुधबार

प्राथमिकताका क्षेत्रमा बैंकहरुको १२ खर्ब ३५ अर्ब ऋण लगानीः सरकारी २ बैंक अगाडि, कुनको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले प्राथमिकताका क्षेत्रमा कुल १२ खर्ब बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

सो अवधिमा २२ वटा वाणिज्य बैंकहरुले प्राथमिकताको क्षेत्रमा कुल १२ खर्ब ३५ अर्ब ५२ लाख रुपैयाँ गरेका छन् । पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल ४२ खर्ब ७६ अर्ब ३३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

कुल कर्जा लगानीमा औषत २८.८८ प्रतिशत ऋण प्राथमिकताका क्षेत्रमा प्रवाह भएको देखिएको छ । बैंकहरुले कृषि, उर्जा र लघ, घरेलु, साना एमव् मझौला उद्यमका क्षेत्रमा कर्जा लगानी गरेका हुन् । त्यसमा कृषि क्षेत्रमा औसत १३.०९ प्रतिशत, ऊर्जा क्षेत्रमा औसत ६.२९ प्रतिशतको अनुपातमा कर्जा प्रवाह भएको छ । यसैगरि लघु, घरेलु, साना एवम् मझौला क्षेत्रमा औसत ९.५१ प्रतिशतको अनुपातमा कर्जा प्रवाह भएको तथ्यांकमा उल्लेख छ ।

वाणिज्य बैंकहरुले आगामी असार मसान्त भित्र उक्त क्षेत्रहरुमा कुल ३२ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गर्नुपर्नेछ । असार मसान्तसम्म कृषि क्षेत्रमा १३ प्रतिशत, ऊर्जा क्षेत्रमा ७ प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा १२ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

त्यसमा कृषि र उर्जा तर्फ भने तोकिएको सिमाअनुसार औसतमा कर्जा प्रवाह भइसकेको देखिन्छ । तर, लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा भने तोकिएको सिमा भन्दा धेरै कम कर्जा प्रवाह भएको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय तरलता अभावका कारण कर्जा प्रवाहमा यसैपनि संकुचन आएको छ । साथै, महंगी लगातका कारण लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्र प्रभावित भएका छन् । उक्त क्षेत्रमा तत्काल कर्जा प्रवाह बढ्ने सम्भावना नरहेको बैंकरहरुको भनाइ छ ।

वाणिज्य बैंकहरुले २०८२ असार मसान्त भित्र प्राथमिकताका क्षेत्रमा कुल ४० प्रतिशतको अनुपातमा कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । बैंकहरुले कृषि क्षेत्रमा १५ प्रतिशत, ऊर्जा क्षेत्रमा १० र लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा १० प्रतिशतको अनुपातमा कर्जा प्रवाह गर्नुपर्ने छ । सोहीअनुसार पछिल्लो समय वाणिज्य बैंकहरुले उक्त क्षेत्रहरुमा कर्जा कर्जा प्रवाह गर्दै आएका छन् । बैंकहरुले ८१ असार मसान्तसम्म प्राथमिकताका क्षेत्रमा कुल ३५ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गर्नुपर्ने छ ।

कर्जा लगानीमा सरकारी बैंक अगाडिः कृषि विकास बैंकको सबैभन्दा धेरै

चालु आवको पुस मसान्तसम्ममा प्राथमिकता क्षेत्रमा कृषि विकास बैंकले सबैभन्दा बढी अनुपातमा कर्जा प्रवाह गरेको छ । बैंकले प्राथमिकताका क्षेत्रमा कुल ५७.५० प्रतिशतको अनुपातमा कर्जा प्रवाह गरेको तथ्यांकमा उल्लेख छ ।

बैंकले कृषि क्षेत्रमा २८.३५ प्रतिशत, ऊर्जा क्षेत्रमा ४.७९ प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा २४.३६ प्रतिशतको अनुपातमा कृषि विकास बैंकले कर्जा प्रवाह गरेको देखिन्छ ।

दोस्रोमा भने राष्ट्रिय बाणिज्य बैंक रहेको छ । बैंकले प्राथमिकताका क्षेत्रमा कुल ३६.९८ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गरेको छ । बैंकले कृषि क्षेत्रमा १२.१६ प्रतिशत, ऊर्जा क्षेत्रमा ६.८९ प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा १७.९३ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गरेको छ ।

निजीमा एनएमबि बैक अगाडि, पच्छ्याउँदै सनराइज र नेपाल एसबिआई

चालु आवको पुस मसान्तसम्ममा निजी क्षेत्रको एनएमबि बैंक अगाडि देखिएको छ । बैंकले पुस मसान्तसम्म ३२.९० प्रतिशतको अनुपातमा प्राथमिकताका क्षेत्रमा कर्जा प्रवाह गरेको छ ।

बैंकले कृषि क्षेत्रमा १२.७४ प्रतिशत, ऊर्जा क्षेत्रमा ८.९४ प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा ११.२२ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तै, चालु आवको पुस मसान्तसम्ममा सनराइज बैंकले पनि प्राथमिकताको क्षेत्रमा ३२.४४ प्रतिशत कर्जा प्रवाह गरेको छ । बैंकले कृषिमा १३.०७ प्रतिशत, उर्जामा ८.१० प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा ११.२७ प्रतिशत कर्जा लगानी गरेको छ । यस्तै, नेपाल एसबिआईले कृषि क्षेत्र १७.९१ प्रतिशत, उर्जामा ६.६ प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा ७.३३ प्रतिशत कर्जा लगानी प्राथमिकताका क्षेत्रमा गरेको छ ।

सो अवधिमा कुमारी बैंकले ३०.९१ प्रतिशत, सिटिजन बैंकले ३०.८४ प्रतिशत, नेपाल बैंकको २९.१५ प्रतिशत, सानिमाले २९.०८ प्रतिशत र प्राइमले २७.१३ र सिद्धार्थ बैंकले २७ प्रतिशतको अनुपातमा प्राथमिकताका क्षेत्रमा कर्जा प्रवाह गरेको छ ।

यस्तै, एभेष्ट बैंकले २६.४० प्रतिशत, एनआईसी एशियाले २६.२६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले २६.२३ प्रतिशत, सिभिलले २६.०८, स्टाण्डर्ड चार्टर्डले २५.८१, माछापुच्छ«ेले २५.६९, ग्लोबल आइएमईले २५.६५, हिमालयनले २४.६१, नबिलले २२.५८, प्रभुले २२.५५ र लक्ष्मी बैंकले २२.५३ प्रतिशतको अनुपातमा प्राथमिकताका क्षेत्रमा कर्जा लगानी गरेका छन् ।

अन्य कुनको बैंकको कति ?