नेपाल लाइफ र एनआइसी एशिया बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो बढी कारोबार « Arthapath.com
१३ असार २०८२, शुक्रबार

नेपाल लाइफ र एनआइसी एशिया बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो बढी कारोबार



काठमाडौं । साताको चौथो दिन सेयर बजार ओरालो लागेको छ । आज बजार दोहोरो अकंले घट्दा परिसूचक समेत १९ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७६ अकंले घटेर १९३३.२९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड १९ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ८ करोड २४ लाख ९५ हजार रुपैयाँ, हिमालयन डिष्टिलरीको ४ करोड ५० लाख ५५ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्