सुर्यविनायक नगरपालिकाले सञ्चारकर्मी र जनप्रतिनिधि जोड्ने योजना ल्याउने
भक्तपुर । सुर्यविनायक नगरपालिकाले सञ्चारकर्मी र जनप्रतिनिधि जोड्ने योजना तर्जुमाको तयारीमा रहेको छ । नगर उपप्रमुख सरिता तिम्सिनाले शनिवार एक आफूहरूले गर्ने हरेक कामको जानकारी जनताले पाउनुपर्ने र त्यसलाई जनतासमक्ष पु¥याउने माध्यम भनेको संचार माध्याम नै रहेको बताइन् ।
शनिवार प्रेस चौतारीले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै उपप्रमुख तिम्सिनाले सुर्यविनायक नगरपालिकाले यस क्षेत्रको मानवीय विकासमा उल्लेख्य काम गरेको तर सञ्चार माध्यममा जति जानुपर्ने नगएको बताइन् । ‘मिडियासँग हामी सहकार्य गर्न तयार छौँ ।’ हामीले गरेका नमुना काम जनताले थाहा पाउनुपर्ने भन्दै सञ्चार माध्यमले निर्वाचनको समयमा उल्लेख्य भूमिका निर्वाह गरेको तिम्सिनाले बताइन् ।

अहिलेको अवस्थामा जनप्रतिनिधिले गरेको काम जनताले तत्कालै थाहा पाउनुपर्ने र त्यसको लागी प्रभावकारी माध्यम भनेको मिडिया रहेको उनले बताइन् । उनले आफूहरू आएको १ वर्षमा धेरै विकास निर्माणको काम गरेको भन्दै त्यसको जनाकारी जनालाई दिन मिडिया सम्बन्धी कार्ययोजना बनाउन लागेको बताइन् ।
कार्यक्रममा पत्रकार महासङ्घका सल्लाहकार निर्मला शर्माले सञ्चार माध्यको मर्मबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेलगायतले बोलेका थिए ।













