दुई कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
१३ असार २०८२, शुक्रबार

दुई कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार राताम्मै भएको छ ।

नेप्से परिसूचक २६.८७ अकंले घटेर १८८८.२७ को बिदुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको कारोबार भएको छ ।

आइतबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । माया खोला हाईडपावर र एशियन हाईडपावर लिमिटेडको सेयरमा सर्किट लागेको छ ।

साथै, कालिन्चोक दर्शान लिमिटेड ६.०१ प्रतिशत, गुँरास लाइफ इन्स्योरेन्स कम्पनी ४.२६ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्