मन्त्रीपरिषद् विस्तारका लागि सत्ता गठबन्धन,१० दलको बैठक सुरु

काठमाडौं। सत्ता गठबन्धनमा रहेका १० दलको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति भए आज मन्त्रिमण्डल विस्तार तथा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी छ ।
एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय कांग्रेस, एकीकृत समाजवादी, जसपा र लोसपा लगायतका दललाई दिएर सरकारमा समेट्ने गठबन्धनको तयारी छ ।