विश्वभर कोरोना संक्रमित ८० लाख नाघ्यो

काठमाडौं । गत माघमा चीनको वुहान प्रान्तमा देखिएको कोरोना भाइरस कोभिड १९ महामारीबाट बाट विश्वभर ८० लाख भन्दा बढी मानीस संक्रमित भएका छन ।
जोन्स हप्किन्स युनिभर्सिटीले गरेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर ८० लाख ३४ हजार ४६१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार लाख ३६ हजार ९०१ पुगेको छ ।
कोरोना भाइरस बाट सबैभन्दा धेरै अमेरिकामा २१ लाखभन्दा धेरै संक्रमित फेला परेका छन ।
अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै एक लाख १६ हजारभन्दा धेरै छ ।
कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ३८ लाख ५७ हजारभन्दा धेरै संक्रमित निको भएर घर फकिएका जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ ।