३० श्रावण २०८३, शनिबार

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने-‘अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि हाम्रो टिम सक्षम छ’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठले उम्मेदवार घोषणा गरेका छन् ।

सोमबार हेरिटेज गार्डेन सानेपामा एक कार्यक्रमबीच उनले आफ्नो टिमको घोषणा गरेका हुन् । घोषणासंगै श्रेष्ठले खस्किएको अर्थतन्त्रमा कप्तानिको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

आफ्नो परिवार राजनिति घरिनाबाट भए पनि आफुले राजनिति प्रवेश गर्न जमर्को समेत नगरेको उनको भनाइ रहेको छ ‌। देश आर्थिक हिसाबले धेरै पछि धकेलिएको अबस्था यस्तो डरलाग्दो अर्थतन्त्र सुधारका लागि आफ्नो उम्मेदवारी रहेको उनको तर्क रहेको थियो ।

अहिलेका संस्था सरोकारवाला निकायलाइ भेट गरि ध्यानाकर्षण पत्र र फोटो खिच्नमा सिमित भएको भन्दै आफ्नो टिम समस्या समाधानलाइ डटेर लाग्ने बताए । उनले भने, “ब्याजदर निकै बढेको छ, उत्पादन खस्कियो छ, सुधारका लागि खासै कदम चलेको छैन यि समस्या समाधानका लागि मेरो टिम सक्षम छ“ । उनले लाटो, बहिरो महासंघ नबनाउनका लागि आफुलाई भोट गर्न अनुरोध गरेका छन् । देश कोरोनापछि बैंकहरुले तरलताको समस्या आएको बताउँदै समस्या समाधानको लागि टेबल टक गर्नुपर्ने उनको भनाई थियो ।

सो समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । उनले घोषणा कार्यक्रममा बोल्दै गर्ने हाम्रो टिम ब्यबसायिक कुरा सुन्ने र तिनिको समाधान गर्ने सक्षम रहेको बताए ‌। अर्थतन्त्र चलायमान लागि ब्याजदर घटाउने र तपाईं भोटको सहि सदुपयोग गर्न कार्यमा आफ्नो टिम सधैं लागि पर्ने बताए । आफूले ब्यबसायिकको कार्य गर्ने नसके राजिनामा दिन तयार रहने बताए । उनीले विभिन्न जिल्ला नगर संघहरुले संघ चलाउन नसकेको अवस्थालाई पनि समाधान गर्ने बताए ।

एशोसिएट उपाध्यक्ष भरत राज आचार्य नेपालको अर्थतन्त्रको मुख्य समस्या पूँजी निर्माण नहुने भएकाले पुँजी निर्माणला लागि आफ्नो टिम लागि पर्न बताए ।देशको अर्थतन्त्र धरासायी भएको अवस्थामा यसको सुधारका लागि आफ्नो महत्वपूर्ण भूमिका खेल्नुका साथै बस्तुगत क्षेत्र शशक्त बनाउनु अहिलेको आवश्यकता रहेको उनको तर्क थियो ‌। अघिल्लो टिमले कार्य गर्ने नसकेको, बस्तुगत क्षेत्रले उत्कृष्ट कार्य गदै उत्पादनमा लाग्ने कर कम गर्नमा आफु लागि पर्ने बताए ‌।

जिम्मेवार निजी क्षेत्र समृद्ध अर्थतन्त्र भन्ने मुल नाराका साथ उम्मेदवारी दिन लागेको समे समुहले व्यवसायिक हकहितलाई मुख्य एजेन्डा बनाएको छ । अहिलेको अवस्थामा व्यवसायिक हकहितका लागि महासंघमा कुशल नेतृत्व आवश्यक भएको भन्दै त्यसका लागि अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सारथी भएर काम गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको उमेशलाल श्रेष्ठले बताएका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहलाई महासंघको पूर्व अध्यक्ष चण्डीराज ढकाल, विनोद बहादूर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत समेतको साथ रहेको सम्बद्ध जिल्ला अध्यक्षहरु बताउँछन् । साथै महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफुलाई साथ रहेको उमेशलाल श्रेष्ठले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।