१ लाख नगदसहित १० जुवाडे पक्राउ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१ लाख नगदसहित १० जुवाडे पक्राउ



उषा रेग्मी

काठमाडौं । एक लाख नगदसहित नुवाकोटबाट आज १० जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा नेकपा, नेपाली काङ्ग्रेसका नेता सहित बैंकको साखा प्रवन्धकसमेत रहेका छन ।

नुवाकोटका प्रहरी प्रमुख अभिनारायण काफ्लेका अनुसार १ लाख नगदसहित १० जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा नुवाकोट आर्दश बहुमुखी क्याम्पसका प्राचार्यसमेत रहेका छन ।

जुवाको खालबाट पक्राउपर्नेमा नेकपाका नुवाकोटका नेता पदम उप्रेती, प्रभु बैंकका शाखा प्रवन्धक दिपक शिंखडा, बट्टार क्याम्पसका प्रचार्य ठाकुर पुडाशैनी, नेपाली काङ्ग्रेस नुवाकोटका नेता बाशु सापकोटा रहेका छन ।

उनिहरु शनिबार बिदुर नगरपालिका २ मा रहेको एक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन ।

https://artha.appharu.com/market/2020/06/21/10623/


प्रतिक्रिया दिनुहोस्