३० श्रावण २०८३, शनिबार

कोका–कोला मोमोत्सवको आठौँ संस्करण सम्पन्न



काठमाडौं । कोका–कोलामोमो उत्सवको आठौँ संस्करण सम्पन्न भएको छ ।

कोक प्लस मोमोको स्टोरीजः म्याजिकल मोमोरिज भन्ने ट्यागलाइनका साथ कोका–कोलाले ८ वर्षदेखि मम उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौँ, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरहरूमा आयोजना भएकोे थियो । भक्तपुरमा“भक्तपुर कुकिंग”कार्यक्रमको साथ समापन भएकोे कोक मोमोरी फेस्टमा थियो, जहाँ ४ हजार ४ भन्दा बढी उपभोक्ताहरूले कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङ जस्ता लोक प्रियकलाकारहरुको सांगीतिक प्रस्तुतिको आनन्द लिँदै एकै पटक तिनै सहरका उत्कृष्ट मोमोका स्वादहरु लिने अवसर पाएका थिए ।

यससँगै कोक मोमोरी फेस्ट अब १८ हजार ५ सय भन्दा बढी उपभोक्ताहरूलाई इमर्सिभ कोक अनुभव प्रदान गरी समापन भएको छ । कोका–कोला मोमो उत्सव ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको एक स्थानीय अवधारणा हो जसले नेपालीहरूको प्रिय परिकार मोमो र पेय पदार्थ कोकको उत्कृष्ट कम्बोलाई सेलिब्रेट गर्छ । फेब्रुअरी १५ मा सुरु भएको यस अभियान मार्फत कोका–कोलाले नेपालभरका १००० भन्दा बढी रेस्टुरेन्ट र भोजनालयहरूसँग सहकार्य गर्दै आफ्नाउपभोक्ताहरूलाई डिस्काउन्ट मूल्यमाविशेष कम्बो अफरहरू प्रदान गरेको थियो।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, “कोका–कोला मम उत्सव एउटा वर्षेनी आउने चाड जस्तै भइसकेको छ । अझ चिसो कोक र तातो ममको कम्बो, यो स्वाद त सबै जनाको प्रिय नै छ । हामीलाई त पुरा विश्वास छ कि हाम्रो ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको सबैभन्दा राम्रो लोकल भर्सन नै कोका–कोला मम उत्सव हो । हामीलाई खुशी लागेको छ, यसपाली कोका–कोला मम उत्सव काठमाडौँमा मात्र सिमित नभएर अन्य मुख्य शहरहरुसम्म पनि पुग्यो । नेपाली उपभोक्ताहरुले हामीलाई जुन निरन्तर रुपमा दिनुभएको मायाले गर्दा नै यो सबै सम्भव भएको हो उनले भने ।

त्यस्तै बोतलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक दीपकनाथ सेन्थिलज्युले भन्नुभयो, “कोका–कोलामःमउत्सवको आठौँ संस्करण संगै हामीले मोमोको यस्ता नोस्टाल्जिक मेमोरीहरु सेलेब्रेट गरेका छौँ जुन हरेक नेपालीहरुको मनमा छ । र त्यो मेमोरीलाई अझताजाबनाएको छ चिसो कोकले । मोमो प्लस कोकको स्टोरिज, म्याजिकलमोमोरिज, भन्ने जुन हाम्रो ट्यागलाइन छ, मलाई आशा छ कि हाम्रा नेपाली उपभोक्ताहरूले देशका विभिन्न भागहरूमा भएको कार्यक्रमहरूमा हाम्रा नेपाली उपभोक्ताहरुले यस कोका–कोला मम उत्सवमाअझै नयाँँ–नयाँँ म्याजिकल मोमोरिजहरु बनाउनु साथ साथै रोमाञ्चक संगीतमा रमाउनु भएको छ ।

देशका मुख्य शहरहरुमा आयोजना भएको यस मोमोरी फेस्टमा आयोजना भएका सबै शहरहरुमा एकदमै उल्लेखनीय सहभागिता रहेको थियो । युवायुवती देखि लिएर हरेक पृष्ठ भुिमका मानिसहरु विभिन्न खेलहरु खेल्दै कोक र ममको स्वादमा रमाइरहेका देखिन्थे । समग्रमा भन्नुपर्दा कोक र ममको स्वादको मोहले समुदायका हरेक तहका मानिसहरुलाई एक–अर्कासँग रमाइलो समय बिताउने एक अनुपम अनुभव प्रदान गर्न सफल भएको थियो ।