सरकारको १४२ संस्थामा ७ खर्ब लगानीः राष्ट्रिय वाणिज्य बैंकमा ११ अर्ब, यी हुन १० ठूला लगानी गरेका संस्था !
काठमाडौं । नेपाल सरकारले विभिन्न १४२ संस्थामा ७ खर्ब रुपैयाँ लगानी गरेको छ । महालेखा नियन्त्रक कार्यालबाट प्राप्त सेयर तथा ऋण लगानीको वाषिक प्रतिवेदन अनुसार २०७८।०७९ सम्म नेपाल सरकारले ति संस्थाहरुमा ७ खर्ब ३१ अर्ब ५६ करोड ९ लाख लगानी गरेको हो ।
जसमा सेयर तर्फ ३ खर्ब ५७ अर्ब ६३ करोड ८९ लाख अर्थात ४९ प्रतिशत र ऋणतर्फ ३ खर्ब ७३ अर्ब ९२ करोड २० लाख अर्थात ५१ प्रतिशत लगानी भएको छ । नेपाल सरकारले बढी लगानी रहेको संस्थामा पहिलो नम्बरमा नेपाल विद्युत प्राधिकरण रहेको छ । सो संस्थामा सरकारको १ खर्ब ६२ अर्ब ८ करोड २८ लाख लगानी गरेको छ ।
दोस्रो नम्बरमा नेपाल नागरिक उड्यन प्राधिकरणमा ६२ अर्ब ३६ करोड १५ लाख रुपैयाँ, नेपाल टेलिकममा १३ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा ११ अर्ब ६० करोड २४ लाख रुपैयाँ लगानी गरेको छ ।

सरकारले सेयर तथा ऋण लेखाङन नितिअनुसार सरकारद्धारा जारी गरिएको लाभांश नितिको प्रभावकारी कार्यान्वयन हुन नसक्नु, संस्थाहरुमा तत्कालीन आवश्यकता पूरा गर्न लगानी गर्ने, एकद्धार पद्धतिबाट मात्र लगानी नहुने, लगानीको अभिलेखाङनमा एकरुपता नहुने लगायका विषयलाई सम्बोधन गर्ने ठोस नितिको तर्जुमा गरी कार्यन्वयन गर्नु पर्ने महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरीएको छ ।













