बेष्ट फाइनान्स कम्पनीको साधारण सभा वैशाख २९ गते, के कस्ता छन् एजेण्डा ? « Arthapath.com
५ बैशाख २०८०, मंगलवार

बेष्ट फाइनान्स कम्पनीको साधारण सभा वैशाख २९ गते, के कस्ता छन् एजेण्डा ?



काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले २६औं वार्षिक साधारण सभा बैशाख २९ गते बोलाएको छ । बैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११:०० बजे बस्ने आव्हान गरेको छ ।

कम्पनीले गत आवको वार्षिक प्रतिवेदन छलफल पारित गर्ने । लेखापरिक्षकको प्रतिवेदन सहित आव २०७८/७९ को वार्षिक वित्तीय विवरण नाफनोक्सन सोही अववधीको नगद प्रवाह विवरण बाँडफाँड हिसाब लगायत वर्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूची सम्बन्धी छलफल गरी पारित गर्ने ।

लेखापरिक्षण समितिको सिफारिस बमोजिम आवको २०७९/२०८० को लागि बाह्य लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

कम्पनी भविष्यमा कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि अन्य आवश्यक प्रक्रिया गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले बैशाख १२ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । त्यसैले बैशाख ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्