एसईईको नतिजा ल्याउने जुट्यो बोर्ड
काठमाडौं । गत चैत्र ६ गतेदेखी तय भएको एसईई परिक्षा नगर्ने सरकारले घोषणा गरिसकेको छ । कक्षा १० को माध्यामिक परिक्षालाईनै आधार मानेर सरकारले एसईईको नतिजा ल्याउने तयारी थालेको हो ।
परिक्षा नभएपछि माध्यामिक परिक्षाको आधारमै एसईईको ग्रेडिङ निर्धारण गरेर परिक्षाफल निष्कासनको तयारीमा सरकार लागेको हो । आगामी साउनको दोस्रोसाताभित्रै परिक्षाफल प्रकाशन गर्ने तयारीमा बोर्ड जुटिरहेको छ ।
देशमा लकडाउनका कारण सरकारले एसईई गर्न सकेको थिएन । असारको दोस्रोसातासम्म आइपुग्दा सरकारले लकडाउनलाई जोर विजोर प्रणालिमा लगेको छ । देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ परिक्षार्थीहरुले एसईई दिन पाएका थिएनन । अव यि सबैको माध्यामिक तह १० कक्षाको परिक्षाफललाई आधार मानेर नतिजा आउन लागेको हो ।













