नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयनको पहिलो आवेदन
काठमाडौं । नयाँ स्टक एक्सचेञ्जका लागि अन्तिम एक दिन बाँकी हुँदा पहिलो आवेदन परेको छ । नयाँ स्टक लाइसेन्सका लागि हिमालयन स्टक एक्सचेञ्ज नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको हो ।
बोर्डले गत चैत ३० गते नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि लाइसेन्स वितरणका लागि आवेदन माग गरेको थियो । बोर्डले १० दिनभित्र आवेदन आव्हान गरेको हो । जुन भोलि अर्थात आइतबार अन्तिम रहेको छ ।
नयाँ स्टक एक्सचेञ्जका लागि १ आवेदन परेको पनि हालसम्म भने कमोडिटी एक्सचेञ्जका लागि हुनै पनि कम्पनीको आवेदन नपरेको बोर्डले जनाएको छ ।













