एनआईसी एशिया लघुवित्तको सेयरमा ५ गुणा बढी आवेदन

काठमाडौं । एनआईसि एसिया लघुवित्त वित्तीय संस्थाले ल्याएको सेयरमा ५ गुणा बढी आवेदन परेको छ । यही असार १० गतेदेखी जारी गरेको आइपीओमा अन्तिम दिन आइतबारसम्ममा ५ गुणा भन्दा बढी सेयर आवेदन परेको कम्पनीले जनाएको छ ।
लघुवित्तको आइपीओमा ३ लाख ९९ हजार १४४ जना आवेदकले ओदन दिएका छन । २ अर्ब २८ करोड ९५ लाख ३ हजार रुपैयाँ बराबरको सेयरमा आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
लघुवित्तले एक सय रुपैयाँ दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गरेको थियो ।