सोमबार ४७६ जनामा कोरोना देखियो, काठमाडौंमा थपियो ८ जना
काठमाडौं । सोमबार नेपालमा थप ४ सय ७६ जनामा कोरोना देखिएको छ । राजधानी काठमाडौंमा ८ जना सहित ४ सय ७६ जनामा संक्रमण देखिएको स्वजास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । मन्त्रालयद्वरा आयोजित प्रेस ब्रिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने हालसम्म कोरोनालाई जितेर ३ हजार १३४ जना घर फर्किसकेका छन ।
नेपालमा पीसीआर परीक्षण हालसम्म २ लाख २३ हजार ६३० पुगेको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या २९ पुगेको छ । आजै १ जनाको मृत्यु भएको छ । त्यसैगरी काठमाडौैं जिल्लामा ६ जना र ललितपुरमा १ र भक्तपुरमा १ गरी ८ जनामा संक्रमण देखिएको छ ।